काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ। केहीबेरअघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारका विषयमा छलफल हुने जनाइएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा बदलिँदो राजनीतिक समीकरणको समीक्षा गर्दै पार्टीको आन्तरिक तथा वाह्य रणनीति टुंगो लगाउने अपेक्षा गरिएको छ । विशेष गरी पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने पार्टीको दोस्रो केन्द्रिय कमिटी बैठकका लागि प्रश्तावहरू अन्तिम रूप दिने कार्यसूचि छ ।
यसअघि सोमवार साँझ नेपाली काँग्रेस, एमाले र अन्य दलहरूबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडबारे छलफल भएको सन्दर्भमा आजको बैठकले उम्मेदवारी टुंगो लगाउनेछ । राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ ।