शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

१० अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै

आइतबार, पुष २० २०८२

काठमाडौं । नेप्से घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से १० दशमलव २९ अंकले घटेर २६ सय १० दशमलव ६३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २२ अंकले घटेर चार सय ५१ दशमलव सात अंकमा पुगेको छ।

तीन सय २३ वटा कम्पनीहरुको ७९ हजार सात सय दुई पटकको कारोबारमा एक करोड दुई लाख ७४ हजार एक सय २६ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार दुई सय ९४ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा तीन वटा समुहले कमाएका छन् भने बाँकी समुहहरुले गुमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ९३ अंकले घटेर १३ सय ५९ दशमलव ९३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १६ दशमलव ५७ अंकले घटेर ३३ सय १२ दशमलव ५७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय १३ दशमलव ९४ अंकले घटेर १२ हजार आठ सय १३ दशमलव ११ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ९४ दशमलव ४४ अंकले घटेर १० हजार आठ सय ७९ दशमलव २१ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् । होटल तथा पर्यटन समुहको सुचक भने ४३ दशमलव ३७ अंकले बढेर छ हजार नौं सय ६० दशमलव २० अंकमा पुगेको छ भने उत्पादनमुलक र व्यापार समुहको सुचक पनि बढेको छ।

नेप्सेमा आज वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा न्यादी ग्रुप पावर लिमिटेडले सबैभन्दा बढी कमाएको छ । एसवाई प्यानल नेपाल लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।