काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दैछन्।
जेन–जी आन्दोलनपछि एकीकृत समाजवादीसहितका विभिन्न दल समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रा हो।
तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादीलगायत दलनिकट प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लागेका हुन् ।
उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार यो कार्यक्रम एक महिना अघि नै तय भएकाे थियो।