बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कांग्रेसमा पुस २८ भित्रै विशेष महाधिवेशन गर्न माग

शुक्रबार, पुष १८ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानको धारा १७९२० अनुसार यही पुस २७–२८ गतेभित्र विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्न माग गरेका छन्।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले विशेष महाधिवेशनका लागि दर्ता निवेदनको तीन महिनाको वैधानिक समयसीमा पुस २८ मा समाप्त हुने भएकाले ढिलाइको विकल्प नरहेको स्पष्ट पारे। मागकर्ता प्रतिनिधिहरू देवराज चालिसे, प्रमोदहरि गुरागाईं, मनोजमणि आचार्य, सुवास पोखरेल, नारायणप्रसाद भट्टराई लगायतले केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराएका हुन्।

उनीहरूले केन्द्रीय कार्यसमितिले पुस २६–२८ का लागि तोकेको नियमित महाधिवेशनको कार्यतालिका स्थगित भइसकेको अवस्थामा विशेष महाधिवेशनको माग अपरिहार्य भएको बताए। विधानले तोकेको समयसीमा ९२०८२ मंसिर० भित्र १५औँ महाधिवेशन सम्पन्न हुन नसकेको कारण, गत असोज २९ गते देशभरका २,४८८ ९५४ प्रतिशत० महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग दर्ता गरिएको उनीहरूको भनाइ छ।

मागकर्ता प्रतिनिधिहरूका अनुसार, भदौ २३–२४ पछिको विशेष राजनीतिक परिस्थितिमा पार्टीलाई थप सुदृढ, गतिशील र जनभावनाअनुकूल बनाउन, समसामयिक नीति निर्माण तथा नयाँ ऊर्जा र नेतृत्वसहित पार्टी पुनर्निर्माण गर्न विशेष महाधिवेशन आवश्यक छ।