शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस विशेष महाधिवेशन पक्षधरले भन्याे : ‘हामी फुटको पक्षमा छैनौँ, विधान अनुसार निर्णय होस्’

शुक्रबार, पुष १८ २०८२

काठमाडौँ . नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले केन्द्रीय समितिलाई तत्काल विशेष महाधिवेशनको निर्णय लिन आग्रह गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन्।

पार्टीको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गर्ने घोषणा गर्दै विकल्पको रूपमा विशेष महाधिवेशन अघि सारेको उल्लेख गर्दै पोखरेलले भने, “हामीले नियमित महाधिवेशनको कार्यतालिका सार्वजानिक हुँदै भनेका थियौँ। तोकिएको समयमा महाधिवेशन नगरिए कुनै सुविधा छैन। यस्तो अवस्थामा असोज २९ मा दर्ता भएको विशेष महाधिवेशनको माग जीवित रहनेछ र यसको कार्यान्वयन पार्टीको अनिवार्य कर्तव्य हुनेछ। पार्टी विधानभन्दा माथि कोही हुन सक्दैन। विधानको बाध्यकारी व्यवस्था पालना गर्नु पार्टी नेतृत्वको न्यूनतम जिम्मेवारी हो।”

पक्षधरहरूले पुस २७ र २८ मा विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशन गर्न जोड दिएका छन्।

उनीहरूको भनाइ अनुसार, यस महाधिवेशनले पार्टीमा फुट नहोस्, एकता कायम रहोस् भन्ने उद्देश्य राखेको छ।