शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रतिशोधी राजनीतिले नेपाली राजनीतिमा टुसा हाल्न थालेको गोकुल बास्कोटाको टिप्पणी

शुक्रबार, पुष १८ २०८२

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले नेपाली राजनीतिमा पाकिस्तान र बंगलादेशको जस्तै प्रतिशोधी राजनीतिले प्रवेश गर्न थालेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा बास्कोटाले अति सत्ता–केन्द्रित राजनीतिका कारण सैद्धान्तिक जग कमजोर हुँदै जाँदा यस्तो अवस्था उत्पन्न भएको बताएका छन्। उनले यस किसिमको राजनीतिले घृणाको सीमा ननाघोस् भन्ने कामना पनि व्यक्त गरेका छन्।

बास्कोटाले फेसबुकमा लेखेका छन्, “लामो समयदेखि चल्दै आएको पाकिस्तानी र पछिल्लो समय जरा गाड्दै गएको बङ्गलादेशी मोडेलको प्रतिशोधी राजनीतिले अब नेपाली राजनीतिमा पनि टुसा हाल्न थालेको प्रष्ट संकेत देखिन थालेका छन्। यो अति सत्ता–केन्द्रित राजनीतिले सैद्धान्तिक जग गुमाएको परिणाम हो। यसले घृणाको सीमारेखा काटेर हिंस्रक बाटो नसमाओस्।”