काठमाडौँ । घुस लिएको आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ।
बुधबार विशेष अदालतमा बयान लिइएपछि भएको थुनछेक बहसपछि अदालतले गुप्तालाई थुनामा राखी मुद्दा अघि बढाउने निर्णय गरेको हो। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उक्त आदेश जारी गरेको हो।
अदालतको आदेशको विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।