बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनचाँदीको मूल्यमा गिरावट

बुधबार, पुष १६ २०८२

काठमाडौँ । पछिल्ला केही दिनदेखि स्थानीय बजारमा लगातार बढिरहेको सुनचाँदीको मूल्य आज घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६१ हजार कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु चार हजार ४७० निर्धारण गरिएको छ ।

यसअघि मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार १०० मा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला रु चार हजार ५९० रहेको थियो ।