काठमाडौं । तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक जेन–जी घटना सम्बन्धी छानबिन तथा जाँचबुझ आयोगमा बयान दिन सिंहदरबार पुगेका छन्।
लेखकलाई आयोगले भदौ २३–२४ मा भएका घटनासँग सम्बन्धित र तत्कालीन सरकारको कारबाहीबारे बयानका लागि पूर्वमै पत्राचार गरेको थियो।
बयान पेश गरेपछि लेखक पत्रकार सम्मेलन गर्दै छन्।
भदौ २३ मा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि उनले घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए ।