शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

काठमाडौंमा प्रहरी सहायक हवल्दार थापा मृत फेला

सोमबार, पुष १४ २०८२

काठमाडौं । नेपाल प्रहरीका एक जना सहायक हवल्दार मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत सहायक हवल्दार बलबहादुर थापा बुद्धनगरस्थित कोठाभित्र मृत अवस्थामा भेटिएका हुन् ।

घाँटीमा पासो लागेको अवस्थामा झुण्डिएको देखेपछि उनकी श्रीमतीले उद्धार गरेर नजिकैको एभरेष्ट अस्पताल पुर्‍याएकी थिइन् । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए भने काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिनुभयो ।

प्रहरीले सहायक हवल्दार थापाको मृत्युबारे थप अनुसन्धान भइरहेको जनाएको छ।