शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राप्रपाले बाेलायाे केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक

आइतबार, पुष १३ २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस १४ गते बस्नेगरी आह्वान गरेको छ।

पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने छ।

बैठकमा आगामी निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची तयार पार्ने प्रक्रिया तथा समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गरिनेछ।

श्रेष्ठले बैठकले पार्टीभित्रको रणनीति निर्धारण र आगामी निर्वाचनमा प्रभावकारी तयारी सुनिश्चित गर्ने उद्देश्य राखेको जानकारी दिएका छन्।