शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कारबाहीमा परेका नेता–कार्यकर्ताको कांग्रेसले निलम्बन फुकुवा गर्यो

आइतबार, पुष १३ २०८२

काठमाडौँ । नेपाली कांग्रेसले विगतमा पार्टी अनुशासन समितिको कारबाहीमा परेका आफ्ना नेता–कार्यकर्ताको निलम्बन फुकुवा गरेको छ।

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कारबाहीमा परेकाको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरिएको छ।’

साथै, बैठकले पार्टी परित्याग गरेका नेता–कार्यकर्तालाई घर फर्कन आह्वान समेत गरेको छ।

कार्यसम्पादन समितिको अर्को बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने जानकारी पौडेलले दिएका छन्।