काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी सम्झौता भएको छ।
आज आइतबार बिहान रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच सहमति भएको हो। सम्झौतापश्चात् लामिछानेले सहमति केवल नेताले खोजेको जस्तो नभइ, देशलाई चाहिएको जस्तो हुनुपर्नेमा जोड दएिका छन् ।
उनले लेखेका छन्, ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ।’
उनीहरुबीच पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनपछि संसदीय दलको नेता एवम् भावी प्रधानमन्त्री बालेन हुने सम्झौता भएको छ ।
बालेन शाह रास्वपामा आबद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राखिएको छ ।