शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

हात्ती सुन्दरी प्रतियोगिता : पुनमकलीले जितिन् ताज

आइतबार, पुष १३ २०८२

चितवन । “हात्ती मेरो साथी” भन्ने नारासहित जारी १९औँ हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत भएको हात्ती सुन्दरी प्रतियोगितामा पुनमकलीले सुन्दरीको ताज जितेकी छन्।

४० वर्षीया पुनमकलीले २५० अंक प्राप्त गर्दै हात्ती सुन्दरीको उपाधि हासिल गरेकी हुन्। रेनबो सफारी, सौराहाको उक्त हात्तीले ल्यान्डमार्क पोखराबाट प्रतिनिधित्व गरेको थियो।

प्रतियोगितामा रामकुमार अर्यालको सेल्फीकली (गौतम होटल, बर्दीबास), रामु चौधरीको ३५ वर्षीया चम्पाकली (हेरिटेज ट्राभल्स), होटल पार्क साइडको ४० वर्षीया पुजाकली (होटल श्रीनगर, पाल्पा) र सौगात रिजालको २६ वर्षीया समृद्धिकली (हिमालयन सोसल जर्नी) समेत सहभागी थिए।

प्रतियोगिताको निर्णायक संयोजक नगेन्द्र चापागाईं हुनुहुन्थ्यो भने निर्णायक सदस्यहरूमा डा. अमित सडौला र सरस्वती पौडेल रहेका थिए।