बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

आइतबार, पुष १३ २०८२

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहनेछ।

देशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने अनुमान छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति पनि तराईका अधिकांश स्थानमा हुस्सु रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने जनाइएको छ।

तराई क्षेत्रमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।