शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ब्वाइलर विस्फोटमा एक जनाको मृत्यु, छ जना घाइते

शनिबार, पुष १२ २०८२

 रौतहट । कटहरिया नगरपालिका–९ मा रहेको ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना कामदार घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालका अनुसार आज बिहान भएको ब्वाइलर विस्फोटमा सोही नगरपालिका–९ बलुवाका ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको हो। विस्फोटमा घाइते भएका सबै कामदारका हातखुट्टा जलेको जनाइएको छ।

घाइतेहरूलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ।

ब्वाइलर विस्फोटको कारण हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।