काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज शनिबार पनि बस्ने भएको छ। केही दिनयता निरन्तर चलिरहेको बैठक आज पनि निरन्तरता पाउनेछ।
शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बैठक बसेको थियो। उक्त बैठकमा नेताहरूले आ–आफ्ना धारणा राखेको नेपाली कांग्रेसले जनाएको छ।
बैठकमा महाधिवेशनको तयारी र आगामी निर्वाचनका विषयमा छलफल भइरहेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बैठक बस्नेछ।