शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज तराईमा दिनभर हुस्सु, पहाडी क्षेत्रमा आंशिक बदली

शनिबार, पुष १२ २०८२

काठमाडौँ । देशभर पश्चिमी वायूको आंशिक प्रभावका कारण मौसममा सामान्य परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।

आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा हुस्सु र कुहिरोको अवस्था कायम रहने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

यस्तै, आज राति पनि तराईका अधिकांश स्थानमा हुस्सु रहने सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहे पनि बाँकी पहाडी र हिमाली क्षेत्रमा मौसम प्रायः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।