शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

श्रम संस्कृति पार्टीबाट कारबाहीमा परे मित्र परियार नेकपा प्रवेश, प्रचण्डद्वारा स्वागत

शुक्रबार, पुष ११ २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीबाट उपाध्यक्षबाट निलम्बित डा. मित्र परियारले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

शुक्रबार बिहान नेकपा प्रवेश गरेका परियार शनिबार हात्तीवनस्थित नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा पुगेका थिए। त्यहाँ प्रचण्डले उनीलाई पार्टीमा स्वागत गरेका छन्।

प्रचण्डनिकट एक नेताका अनुसार परियारलाई तत्काल केन्द्रीय सदस्य बनाउने र बाँकी जिम्मेवारी थप छलफलपछि तोकिने तयारी भइरहेको छ।

डा. परियार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा उपाध्यक्ष थिए।

गत मंसिर ५ गते बुटवलमा आयोजित सभामा परियारले पार्टी आचारसंहिता विपरीत अभद्र शैलीमा अभिव्यक्ति दिएका कारण उनी निलम्बनमा परेका थिए र

सभामा परियारले अभद्र शैलीमा अभिव्यक्ति दिएको र जिल्ला सहसंयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनकरूपमा गालीगलौज गरेको भन्दै साम्पाङले परियारलाई उपाध्यक्षबाट निलम्बन गरेका थिए ।