शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संचारमन्त्री खरेलले देउवालाई महाराजगञ्जस्थित निवासमा पुगेर भेटे

शुक्रबार, पुष ११ २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि अनुकूल वातावरण तयार पार्न सरकारले दलसँगको सम्बन्ध सुधारमा गृहकार्य तीव्र पारेको छ।

यसैक्रममा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महाराजगञ्जस्थित निवासमा भेटेर छलफल गरेका छन्।

खरेलले कांग्रेस सभापति देउवापछि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पनि भेट्दैछन् ।

सरकार प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रूपमा छलफल गर्दै निर्वाचनको वातावरण बनाउने तयारीमा रहेको जनाएको छ।