शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रास्वपाले समानुपातिक उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्‍यो

शुक्रबार, पुष ११ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको अन्तिम उम्मेदवार सूची सार्वजनिक गरेको छ।

पार्टीले शुक्रबार जारी गरेको सूचीमा ३८७ जना आकांक्षी उम्मेदवारको नाम समावेश गरिएको छ। यसअघि उम्मेदवारका लागि कुल ४१४ जना आकांक्षीहरूले आवेदन दिएका थिए।

रास्वपाका अनुसार २७ जनाको नाम सार्वजनिक सूचीमा समावेश गरिएको छैन। सूचीमा नाम नपरेका उम्मेदवारहरूलाई भर्चुअल माध्यमबाट उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराइने जानकारी पार्टीले दिएको छ।