बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौंमा यस वर्षकै न्यूनतम तापक्रम, तराईमा हुस्सु र कुहिरो

मंगलबार, पुष ८ २०८२

काठमाडौं । पछिल्ला दिनमा देशभर चिसो बढ्दो क्रममा रहेको छ। तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेपछि विद्यालयहरू बन्द गर्न बाध्य भएका छन्। हिमाली क्षेत्रमा भने हिमपात जारी छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मौसमविद् हरिप्रसाद दाहालले आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम चार दशमलव नौ डिग्री सेल्सियस मापन भएको जानकारी दिए। हिजो काठमाडौंको न्यूनतम तापक्रम १० दशमलव आठ डिग्री रहेको थियो। यसअघि मङ्सिर २८ गते न्यूनतम तापक्रम पाँच डिग्रीमा पुगेको थियो।

मौसमविद् दाहालका अनुसार तराईका धेरै क्षेत्रमा हुस्सु र कुहिरो देखिएको छ भने हिमाली क्षेत्रमा मौसम सफा छ। पानी र हिमपात बढी हुने सम्भावना कम रहेको छ। उनले भने, “तराईको यो मौसम हुस्सु र कुहिरो लाग्ने समय हो। मुख्यत: पानी पर्ने प्रणाली सक्रिय छैन, पश्चिमी वायु कमजोर छ, त्यसैले हुस्सु र कुहिरो बढी देखिएको हो।”

आज देशकै सबैभन्दा कम तापक्रम जुम्लामा माइनस तीन डिग्री सेल्सियस मापन भएको छ।