शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

‘विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन ठोस निर्णय नआउनु दुखद्’

मंगलबार, पुष ८ २०८२

काठमाडौं । शिक्षा मन्त्री महाविर पुनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिने विषयमा आज भएको सर्वदलीय बैठकबाट कुनै ठोस निर्णय नआएकोमा दुःख व्यक्त गरेका छन्।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बैठकमा राजनीतिक दल, नागरिक समाज, नेपाल सरकार र निर्वाचन आयोगबीच करिब ६ घण्टा लामो छलफल भए पनि विदेशमा बस्ने नेपालीलाई मतदान गर्न सक्ने व्यवस्थामा सहमति नजुटेको बताएका छन्। बैठकमा सहभागी नेताहरू र नागरिक समाजका अगुवाहरूले भाषणमै समय बिताएको र सरकारको ६ महिनाको कमजोरी मात्र औँल्याएको उनले आरोप लगाएका छन्।

मन्त्री पुनले कुनै पनि समस्याको समाधानका लागि सृजनशील र ठोस सुझाव दिन नसक्ने राजनीतिक दल, नेताहरू, नागरिक समाज र सरकारकै कारण देश संकटतर्फ धकेलिने चेतावनी दिएका छन्। साथै, युवा पुस्तालाई सडकमा जुलुस निकालेर मात्र होइन, आगामी चुनावमा नेतृत्व सम्हाल्न सक्रिय र साहसी रूपमा अघि बढ्न आग्रह पनि उनले गरेका छन्।