काठमाडौं । उच्चस्तरीय राजनीतिक वार्ता समितिले नेपाली कांग्रेसको पार्टी कार्यालय अनुगमन तथा निरीक्षण गरेको छ।
समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले अनुगमनका क्रममा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सहितका नेताहरूसँग छलफल पनि गरेका छन्।