काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन तोलामा ५ हजार ५ सय रुपैयाँले बढ्दै छापावाल सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैबीच, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला ४ हजार २५५ रुपैयाँ कायम भएको छ।
सोमबार चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको थियो।