काठमाडौँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौँ उपत्यकाभर शैक्षिक हडताल घोषणा गरेसँगै अधिकांश विद्यालय बन्द भएका छन्।
युनियनले १८ बुँदे माग राख्दै हडतालको घोषणा गरेपछि शैक्षिक संस्था सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा अन्योल सिर्जना भएको थियो। सोही अन्योलका कारण विद्यालयहरूले सुरक्षा र अवस्थालाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।
विद्यालय बन्द हुँदा स्कुल जान तयारी गरेका तथा स्कुल पुगिसकेका विद्यार्थी र शिक्षकसमेत प्रभावित भएका छन्। अचानक भएको निर्णयका कारण अभिभावकहरू पनि अन्योलमा परेका छन्।