बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रतिनिधिसभा पुनःस्थापनाका लागि कांग्रेसका थप ७० सांसद सर्वोच्च जाने

सोमबार, पुष ७ २०८२

काठमाडौं । नेपाली कांग्रेसका थप ७० सांसद प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै पूरक रिट निवेदन लिएर सर्वोच्च अदालत जाने भएका छन्।

यसअघि नेकपा एमालेले संस्थागत निर्णयका आधारमा ७५ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै रिट निवेदन दायर गरिसकेको छ। त्यस्तै, कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसहित ८ सांसदले दायर गरेको रिटमाथि सर्वोच्च अदालतले कारण देखाउ आदेशसमेत जारी गरिसकेको छ।

विघटित प्रतिनिधिसभाका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद पुनःस्थापनापछि सरकार गठन गर्न सकिने र आवश्यक कानून तथा संविधान संशोधन गर्ने सामर्थ्य रहेको पुष्टि गर्न १ सय ३८ भन्दा बढी सांसद सर्वोच्च अदालतमा पूरक निवेदन लिएर जान लागेको जानकारी दिए।

यसैबीच जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूको समेत हस्ताक्षर संकलन गरी पूरक निवेदन दायर गर्ने तयारी भइरहेको बताइएको छ।