बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निर्वाचन तयारीबारे प्रधानमन्त्री र दलका नेतासँग निर्वाचन आयोगले छलफल गर्दै

सोमबार, पुष ७ २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग आज छलफल गर्दैछ ।

आगामी २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारी र व्यवस्थापनका विषयमा केन्द्रित रहेर छलफल हुन लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजे हुने उक्त छलफलमा निर्वाचन आयोगले हालसम्मको चुनावी तयारीबारे जानकारी गराउने छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनको निष्पक्षता, सुरक्षा व्यवस्था र समग्र व्यवस्थापनका विषयमा सरोकारवालासँग सुझाव तथा समन्वय गरिनेछ ।

छलफलमा राजनीतिक दलका शीर्ष नेताहरूका साथै सुरक्षा निकायका प्रतिनिधिहरूलाई पनि आमन्त्रण गरिएको छ । आयोगले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउने उद्देश्यले सरोकारवालासँग नियमित संवाद गरिरहेको जनाएको छ ।