काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग भेटघाट गर्ने उद्देश्यले आज भारत प्रस्थान गर्ने भएका छन्।
भट्टराईका स्वकीय सचिव रेखी गुरुङद्वारा जारी प्रेस नोटअनुसार उहाँले आइआइटी बम्बैमा आयोजना हुने टेक फेस्ट तथा नयाँदिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यतालिका रहेको छ। भट्टराई पुस ९ गते नेपाल फर्किने कार्यक्रम छ।
जेनेजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरी सक्रिय राजनीतिमा रहेका भट्टराईको यो भ्रमण आन्दोलनपछिको पहिलो औपचारिक भारत भ्रमण हो।