बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेकपाले आज काठमाडौंमा एकता सन्देश सभा गर्दै

शनिबार, पुष ५ २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज काठमाडौंमा एकता सन्देश सभा आयोजना गर्दै छ।

बागमती, विशेष तथा सम्पर्क प्रदेशको संयुक्त आयोजनामा दिउँसो १२ बजे भृकुटीमण्डपमा हुने सभालाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

नेकपाका अनुसार सभामा सहभागी हुन नेताकार्यकर्ताहरू सुनधारा, न्युरोड र रत्नपार्कमा भेला भई बागबजार, पुतलीसडक र पद्मोदय मोड हुँदै भृकुटीमण्डप पुग्नेछन्। सभामा ५० हजारभन्दा बढीको सहभागिता रहने पार्टीले दाबी गरेको छ।

एकता सन्देश सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल तथा वरिष्ठ नेताहरू झलनाथ खनाल, भीम रावल र वामदेव गौतमलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १० भन्दा बढी दल मिलेर गत कात्तिक १९ गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन गरिएको थियो। पार्टीले यसअघि देशका विभिन्न प्रदेशमा एकता सन्देश सभा सम्पन्न गरिसकेको जनाएको छ।