बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक प्रारम्भिक सूचीमा

शुक्रबार, पुष ४ २०८२

काठमाडौँ  । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा समावेश भएकी छन्। रास्वपाले सार्वजनिक गरेको कोशी प्रदेशको समानुपातिक उम्मेदवार सूचीमा उनी स्थान पाएकी हुन्।

गोल्छा दोस्रो संविधानसभा चुनावमा नेकपा एमालेको समानुपातिक कोटाबाट सांसद् बनेकी थिइन्।  २०७२ कात्तिक १ गते एमाले स्थायी कमिटीले उनलाई राजीनामा दिन निर्देशन दिएको थियो। एमालेभित्र सम्बन्ध बिग्रिएपछि गोल्छा केही समय विवेकशील साझा पार्टीमा आवद्ध भएकी थिइन्।

राज्यलक्ष्मी गोल्छा महेन्द्रकुमार गोल्छाकी श्रीमती हुन्।

याेसँगै विवेकशील साझा पार्टीका नेताहरू समेत रास्वपाको समानुपातिक प्रारम्भिक सूचीमा समावेश भएका छन्। तत्कालीन अध्यक्ष समीक्षा बास्कोटासहित रञ्जु दर्शना, प्रकाशचन्द्र परियार, नवराज थापा लगायतका नेताहरू पनि सूचीमा परेका छन्। रास्वपा र विवेकशील साझाबीच मंसिर १४ गते पार्टी एकता भएको थियो।