काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन पाँच दशमलव ७० अंकले बढेको नेप्से आज बिहिबार १० दशमलव ६६ अंकले घटेर २६ सय १५ दशमलव शुन्य तीन अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६३ अंकले घटेर चार सय ५० दशमलव २२ अंकमा पुगेको छ । तीन सय २९ वटा कम्पनीहरुको ६४ हजार २९ पटकको कारोबारमा एक करोड १२ लाख ९१ हजार चार सय एक कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम चार अर्ब ५७ करोड ७८ लाख २७ हजार नौं सय तीन रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुदा निर्जीवन बीमा समुहको सुचक २४ दशमलव १४ अंकले बढेर १० हजार आठ सय ५४ दशमलव ९४ अंकमा पुगेको छ भने व्यापार र होटल तथा पर्यटन समुहको सुचक पनि बढेका छन् । बिाँणिज्य बैंक समुहको सुचक भने आज तीन दशमलव शुन्य एक अंकले घटेर १३ सय ५२ दशमलव ६५ अंकमा झर्दा जलबिद्युत समुहको सुचक पनि १८ दशमलव ७८ अंकले घटेर ३३ सय ४३ दशमलव ७२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८९ दशमलव ५१ अंकले घटेर १३ हजार दुई सय ७० दशमलव ६९ अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन्।
नेप्सेमा आज स्वष्तिक लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा बाराही हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । यसैगरी बाराही हाईड्रोपावर लिमिटेड कै आज सबैभन्दा बढी रकम कारोबार भएको छ।