काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको मतदानको गणना सुरु भएको छ। सबै भोटिङ मेसिनबाट चिप्स निकालेर एकत्रित गरिएको र त्यसपछि मत गणना थालिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका सदस्यका अनुसार करिब ३ देखि साढे ३ घण्टाभित्र नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ। गणना प्रक्रियामा बीचबीचमा अपडेट पनि उपलब्ध गराइनेछ। करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ।
एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि ६४२ जना उम्मेदवार मैदानमा छन्। कुल २,२६३ प्रतिनिधिमध्ये २,२ सय २७ मत खसेको छ।
एमालेको भावी नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवै प्यानलसहित प्रतिस्पर्धामा छन्।