बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

पाँच अंकले बढ्यो नेप्से, गुमाउने भन्दा कमाउने समुह धेरै

बुधबार, पुष २ २०८२

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन १८ दशमलव ३७ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पाँच दशमलव ७० अंकले बढेर २६ सय २५ दशमलव ७० अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १८ अंकले बढेर चार सय ५१ दशमलव ८६ अंकमा चढेको छ । तीन सय ३२ वटा कम्पनीहरुको ५८ हजार ९६ पटकको कारोबारमा ८५ लाख ९८ हजार चार सय २४ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम चार अर्ब पाँच करोड ३७ लाख २० हजार सात सय ८२ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा तीन वटा समुहले गुमाएका छन् भने बाँकीले कमाएका छन् । सो मध्ये निर्जीवन बीमा समुहको सुचक ४० दशमलव शुन्य छ अंकले घटेर १० हजार आठ सय ३१ दशमलव १५ अंकमा पुगेको छ भने होटल तथा पर्यटन र व्यापार समुहको सुचक पनि घटेका छन्।

बाँणिज्य बैंक समुहको सुचक चार दशमलव २४ अंकले बढेर १३ सय ५५ दशमलव ६७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि चार दशमलव ५९ अंकले बढेर ३३ सय ६२ दशमलव ५१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८७ दशमलव ८१ अंकले बढेर १३ हजार तीन सय ६० दशमलव २१ अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा बाराही हाईड्रोपावर पब्लिक लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । युनियन हाईड्रोपावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।