बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा हरियाली, १८ अंकले बढ्दा तीन अर्ब २९ करोडको कारोबार

मंगलबार, पुष १ २०८२

काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन छ दशमलव ७४ अंकले बढेको नेप्से आज मंगलबार पनि१८ दशमलव ३७ अंकले बढेर २६ सय १९ दशमलव ९९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १५ अंकले बढेर चार सय ५० दशमलव ६७ अंकमा चढेको छ । तीन सय २५ वटा कम्पनीहरुको ५५ हजार ७८ पटकको कारोबारमा ७८ लाख चार हजार ४५ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम तीन अर्ब २९ करोड ४२ लाख २७ हजार एक सय २२ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा व्यापार समुहको सुचक झिनो अंकले घटेपनि बाँकी समुहहरुको सुचक उच्च अंकले बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ७३ अंकले बढेर १३ सय ५१ दशमलव ४२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २५ दशमलव ८४ अंकले बढेर ३३ सय ५७ दशमलव ९२ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि ९२ दशमलव शुन्य सात अंकले बढेर १३ हजार दुई सय ७२ दशमलव ४० अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ९६ दशमलव ८७ अंकले बढेर १० हजार आठ सय ७३ दशमलव १६ अंकमा चढेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुकि लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले बढेका छन्।

नेप्सेमा आज स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा स्वेत गंगा हाईड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।