काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्शल पाठकलाई नियुक्त गरेको छ ।
थाइल्याण्डका पूर्वराउन्डरसमेत रहेका पाठकलाई महिला टोलीको प्रशिक्षकको रूपमा नियुक्त गरिएको कुरा क्यानले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
क्यानले यसअघि विदेशी प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो र त्यस प्रक्रिया अन्तर्गत पाठकलाई चयन गरिएको हो ।
नेपालले आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुने विश्वकप ग्लोबल छनोटका खेलहरूमा सहभागिता जनाउने छ ।