बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

झण्डै सात अंकले बढ्यो नेप्से, गुमाउने भन्दा कमाउने समुह धेरै

सोमबार, मंसिर २९ २०८२

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन १२ दशमलव ५० अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार छ दशमलव ७४ अंकले बढेर २६ सय एक दशमलव ६१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शुन्य एक अंकले बढेर चार सय ४७ दशमलव ५२ अंकमा पुगेको छ । तीन सय २९ वटा कम्पनीहरुको ५६ हजार एक सय २२ पटकको कारोबारमा ७७ लाख ५७ हजार छ सय २५ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम तीन अर्ब ४४ करोड १९ लाख तीन हजार सात सय ७० रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहले गुमाएका छन् भने बाँकीले कमाएकाछन् । सो मध्ये होटल समुहको सुचक आठ दशमलव १८ अंकले घटेर छ हजार आठ सय ९२ दशमलव २८ अंकमा पुगेको छ भने लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने नौं दशमलव ७३ अंकले बढेर १३ सय ४६ दशमलव ६८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि दुई दशमलव २९ अंकले बढेर ३३ सय ३२ दशमलव शुन्य सात अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ४० दशमलव ५७ अंकले बढेर १३ हजार एक सय ८० दशमलव ३२ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि सात दशमलव ८१ अंकले बढेर १० हजार सात सय ७३ दशमलव ८८ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, उत्पादनमुलक र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।