बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

पाँच अंकले घट्यो नेप्से, उत्पादनमुलक र सामुहिक लगानी कोष बाहेक सबै सुचक राताम्मै

बुधबार, मंसिर २४ २०८२

काठमाडौैं । नेप्से घटेको छ । अघिल्लो दिन सात दशमलव ३९ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पाँच दशमलव तीन अंकले घटेर २६ सय नौं दशमलव तीन अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८६ अंकले घटेर चार सय ४६ दशमलव १८ अंकमा पुगेको छ । आज तीन सय २९ वटा कम्पनीहरुको ९१ हजार तीन सय ९४ पटकको कारोबारमा ८६ लाख ४७ हजार नौं सय ४८ कित्ता शेयर किनबेच भएको छ भने कारोबार रकम तीन अर्ब ७३ करोड ८७ लाख ७२ हजार तीन सय ७३ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सामुहिक लगानी कोष र उत्पादनमुलक समुहको सुचक सामान्य अंकले बढेपनि बाँकी समुहहरुको सुचक घटेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ७७ अंकले घटेर १३ सय ३४ दशमलव शुन्य नौं अंकमा पुगेको छ भने जलविधुत समुहको सुचक पनि २२ दशमलव ६८ अंकले घटेर ३३ सय ७३ दशमलव ५५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि २८ दशमलव ४९ अंकले घटेर १३ हजार दुई सय ३० दशमलव ४४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ३८ दशमलव ५९ अंकले घटेर १० हजार आठ सय २० दशमलव ७९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज स्वष्तिक लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा झापा इर्नर्जी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । श्रीनगर एग्रीटेक लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।