निक्षेप तथा कर्जा दुबैमा संकुचन आउँदा खुद नोक्सानी बढ्दै
काठमाडौं । पछिल्लो समय चौतर्फीरुपमा मारमा पर्दे आएको फाईनान्स कम्पनीहरु कमजोर बन्दै गएको छ । यही भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका कारण पछिल्लो समय फाईनान्स कम्पनीहरुको नियमितरुपमा उठ्न सावाँ व्याज उठ्न सकेको छैंन । यसले गर्दा फाईनान्स कम्पनीहरुमा निष्क्रिय कर्जा लगातार बढ्दै गएको छ भने नाफा कमाउनु पर्ने फाईनान्स कम्पनीहरु उल्टो खुद नोक्सानी बेर्होन बाध्य भएका छन् । यो अवस्थामा फाईनान्स कम्पनीहरुमा पछिल्लो समय निक्षेप केही बढेपनि नयाँ कर्जा बढ्न सकेको छैंन । यसले गर्दा फाईनान्स कम्पनीहरु पनि केहीहदसम्म अधिक तरलताको समस्याबाट पिरोलिदै आएका छन् । फाईनान्स कम्पनीहरुको लागि निकै प्रतिकुल बनेको पछिल्लो समय नियमनकारी निकायले फाईनान्स कम्पनीहरुलाई हेर्र्ने दृष्टिकोण पनि बदलिएको छ । एकाध बाहेकका आईसीएफसी, मञ्जुश्री सहितका एकाध फाईनान्सलाई राष्ट्र बैंकले हेर्ने दृष्टिकोण केहीहदसम्म राम्रो भएपनि बाँकी फाईनान्स कम्पनीहरुलाई भने राष्ट्र बैंकले राम्रो दृष्टिकोणले हेर्दैन । यि दुई बाहेकका फाईनान्स कम्पनीहरुमा निष्क्रिय कर्जा उच्च रहेको र लाभाँश वितरण गर्नै क्षमता पनि न्युन रहेकाकारण बाँकी फाईनान्सहरु राष्ट्र कारवाहीमा तारोमा पर्दै आएका छन् । यही बिचमा चालु आवको पहिलो त्रैमासमा फाईनान्स कम्पनीहरुको खुद मुनाफा निकै नैं संकुचित भएको छ । एकाध बाहेकका धेरैजसो फाईनान्स कम्पनीहरुले चालु आवको पहिलो त्रैमासमा खुद नोक्सानी बेहोरेका छन् । जसले गर्दा पनि पछिल्लो समय फाईनान्स कम्पनीहरु कमजोर बन्दै गएका छन्।
सञ्चालनमा रहेका १७ मध्ये हालसम्म १४ वटा फाईनान्स कम्पनीहरुले चालु आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा आधा दर्जन फाईनान्स कम्पनीहरु खुद नोक्सानीमा देखिनुले पनि वित्तीय अवस्था कमजोर देखिएको छ।
चालु आवको पहिलो त्रैमासमा मञ्जुश्री फाईनान्सले चार करोड ६३ लाख ९४ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा सेन्ट्रल फाईनान्सले एक करोड ८४ लाख ४४ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । आईसीएफसी, मल्टीपर्पस र श्री इन्भेष्टमेन्ट फाईनान्सले पनि यस अवधिमा क्रमशः दुई करोड २४ लाख ५५ हजार, एक करोड ३५ लाख ६७ हजार र ३४ लाख ४३ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । जानकी र गुडविल फाईनान्सले पनि चालु आवको पहिलो त्रैमासमा क्रमशः १८ लाख ४५ हजार र तीन करोड ७३ लाख ८४ हजार रुपैंयाँ खुद मुनाफा कमाएकाछन्।
यि बाहेकका फाईनान्स कम्पनीहरुले भने खुद नोक्सानी बेहोरेका छन् । जसमध्ये रिलायन्स फाईनान्सले चालु आवको पहिलो त्रैमासमा १४ करोड ४८ लाख २७ हजार रुपैंयाँ खुद नोक्सानी बेहोर्दा नेपाल फाईनान्सले पनि पाँच करोड ९६ लाख ६० हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको छ । प्रोग्रेसिभ, बेष्ट र गोर्खाजले पनि क्रमशः तीन करोड ९० लाख ८० हजार, पाँच करोड ४७ लाख १७ हजार र चार करोड २४ लाख १५ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेका छन् । यसअवधिमा समृद्धि र गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनीले पनि क्रमशः दुई करोड १७ लाख २० हजार र तीन करोड सात लाख ६६ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेका छन्।
