बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

दोहोरो अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै

बुधबार, मंसिर १७ २०८२

काठमाडौ । नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन शुन्य दशमलव ५३ अंकले घटेको नेप्से आज बुधबार १३ दशमलव ५२ अंकले घटेर २६ सय ३१ दशमलव १७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य तीन अंकले घटेर चार सय ५० दशमलव ९६ अंकमा पुगेको छ । तीन सय ३२ वटा कम्पनीहरुको ६७ हजार चार सय ८५ पटकको कारोबारमा एक करोड आठ लाख ७३ हजार तीन सय ७२ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम पाँच अर्ब २३ करोड ५६ लाख ९९ हजार तीन सय ३७ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा चार वटा समुहहरुको सुचक बढेको छ भने बाँकी समुहहरुको सुचक घटेको छ । सो मध्ये फाईनान्स समुहको सुचक ३६ दशमलव ८६ अंकले बढेर २३ सय ४५ दशमलव ९५ अंकमा पुगेका छ भने होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने आज नौं दशमलव ८७ अंकले घटेर १३ सय ५४ दशमलव शुन्य नौं अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १७ दशमलव १२ अंकले घटेर ३४ सय पाँच दशमलव २७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ५७ दशमलव ९६ अंकले घटेर १३ हजार एक सय ६४ दशमलव शुन्य पाँच अंकमा पुगेको छ भने नीर्जिवन बीमा समुहको सुचक पनि ८० दशमलव ७७ अंकले घटेर १० हजार नौं सय ७४ दशमलव ६४ अंकमा पुगेकोमा बिकास बैंक, लगानी, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज सागर डिष्ट्रिलरी प्रालीले सबैभन्दा बढी कमाउँदा सामलिङ पावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । बन्दीपुर केवल कार एण्ड टुरिजम कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।