काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका २३ डीएसपीको सरुवा गरिएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकले आज एक सूचना जारी गर्दै सरुवा सूची सार्वजनिक गरेको हो।
सूचीअनुसार हरिबहादुर गुरुङको हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन, पोखरामा सरुवा भएको छ भने दिनेशबहादुर रायमाझीलाई एपीएफ इन्टेलिजेन्स ब्यूरोमा स्थानान्तरण गरिएको छ।