काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से २६ दशमलव ५१ अंकले घटेर २६ सय ४९ दशमलव ९८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ६७ अंकले घटेर चार सय ५६ दशमलव ९८ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४२ वटा कम्पनीहरुको ८४ हजार एक सय ५६ पटकको कारोबारमा एक करोड ५७ लाख ३६ हजार तीन सय ७२ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम सात अर्ब आठ करोड ५४ लाख ४९ हजार चार सय ३३ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा दुई वटा समुहहरुको सुचक बढेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले घटेको छ । सो मध्ये उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक बढेका छन् भने बाँणिज्य बैंक समुहको सुचक १५ दशमलव शुन्य नौं अंकले घटेर १३ सय ८१ दशमलव ४९ अंकमा पुगेको छ । बिकास बैंक समुहको सुचक पनि ६० दशमलव २२ अंकले घटेर ५४ सय २५ दशमलव ९१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४५ दशमलव १६ अंकले घटेर तीन हजार तीन सय ९० दशमलव ७६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ६४ दशमलव ७३ अंकले घटेर १३ हजार चार सय ६८ दशमलव ६७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ७६ दशमलव ७३ अंकले घटेर ११ हजार २६ दशमलव ६९ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।
नेप्सेमा आज सागर डिष्ट्रिलरी लिमिटेडले सबैभन्दा बढी कमाउँदा एनएमबी बैंकको ऋणपत्रले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।