महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन प्रक्रिया पूरा भएको छ। क्षेत्र नं २ मा प्रतिनिधि सर्वसम्मत चयन भए पनि क्षेत्र नं १ र ३ मा शनिबार निर्वाचनमार्फत प्रतिनिधि टुंगो लगाइएको हो।
क्षेत्र नं १ मा खुला सदस्यतर्फ पल्लबराज भट्ट ४९८ मत र वीरबहादुर थापा ६३९ मतसहित विजयी भए। महिलातर्फ कमला चौधरी ५१७ मत र कल्पना गिरी ५१४ मतसहित निर्वाचित भए। युवातर्फ काशीराम बोहरा ५२१ मत ल्याउँदै महाधिवेशन प्रतिनिधिका रूपमा चयन भए।
क्षेत्र नं २ मा भने सबै पाँच पदमा सर्वसम्मत चयन भएको छ। खुला सदस्यतर्फ रणबहादुर महरा र वचनबहादुर सिंह, महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी तथा युवातर्फ प्रवीण बोगटी सर्वसम्मत रूपमा चयन भएका हुन्।
क्षेत्र नं ३ मा खुला सदस्यतर्फ डा. दीपकप्रकाश भट्ट ५६७ मत र जनकराज अवस्थी ३३७ मतसहित विजयी भए। दलिततर्फ आरपी सार्की र युवातर्फ ओम बस्नेत प्रतिनिधि बने।