शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले महाधिवेशनका लागि देशभर प्रतिनिधि चयन आज

शनिबार, मंसिर १३ २०८२

काठमाडौं । नेकपा एमालेको आसन्न महाधिवेशनलाई लक्षित गर्दै आज देशभर महाधिवेशन प्रतिनिधि चयनको काम भइरहेको छ। विभिन्न जिल्लामा केही प्रतिनिधि सर्वसम्मत रूपमा चयन भइसकेका छन् भने कतिपय स्थानमा उम्मेदवार बढी भएपछि निर्वाचन प्रक्रियामा जानुपर्ने अवस्था बनेको छ।

पार्टीको संगठन विभागले केही दिनअघि जारी गरेको ५ बुँदे निर्देशनअनुसार कुनै पनि बहानामा प्रतिनिधि छनौट प्रक्रिया आजभन्दा पछि सार्न नहुने र शुक्रबार साँझसम्म सर्वसम्मतिका लागि अन्तिम प्रयास गर्न भनिएको थियो। सर्वसम्मति नजुटेमा आजै मतदानमार्फत प्रतिनिधि टुंगो लगाउन निर्देशन जारी गरिएको छ।

महाधिवेशनका लागि तोकिएको कोटाभन्दा बढी दावेदार देखिएपछि धेरै जिल्लामा प्रतिस्पर्धा तीव्र बनेको छ। सबै प्रतिनिधिको नामावली सोमबारभित्र केन्द्रमा पठाउनुपर्नेछ।

एमालेका ६ लाख ६७ हजार ६३० संगठित सदस्यबाट झन्डै २२ सय महाधिवेशन प्रतिनिधि चयन हुने छन्। यसपटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधिका लागि छुट्टै कोटा सुरक्षित गरिएको संगठन विभागले जनाएको छ।