बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सारिएकोमा कावा खड्काले मागे माफी

शुक्रबार, मंसिर १२ २०८२

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक आइतबारका लागि सारिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक सारिएको विषयमा सामाजिक सञ्जालमार्फत माफी मागेका छन्।

खड्काले लेखेका छन्, “माफ पाउँ सबैसँग, बैठक सारेकोमा। गाली सबैले मलाई गर्नुस्, जसले गाली गर्न डिजर्व गर्नुहुन्छ। जबसम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन, म बैठक सारिरहनेछु। म कार्यवाहक रहूँसम्म।”

कांग्रेसमा महाधिवेशनको विषयमा विवाद बढेकाले बैठक पटक–पटक सारिँदै आएको छ।