बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

शुक्रबार, मंसिर १२ २०८२

काठमाडौँ ।प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा सक्रियरूपमा सहभागी भएर जनताबाट प्राप्त मतमार्फत आफ्ना राजनीतिक एजेन्डालाई अघि बढाउन राजनीतिक दलहरूलाई आग्रह गरेकी छन्।

सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल नेतृत्वको प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा प्रधानमन्त्री कार्कीले मुलुक निर्माण र स्थिरताका लागि सबै पक्षको सहकार्य अपरिहार्य हुने बताउँदै, निर्वाचन नै जनमत प्राप्त गर्ने सबैभन्दा वैधानिक मार्ग भएको उल्लेख गरिन्। उनले वर्तमान सरकारले जेन–जी आन्दोलनबाट प्राप्त जनादेशअनुसार सुशासन, पारदर्शिता र समयमै निर्वाचनलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जानकारी गराइन् ।

सभापति मण्डलले प्रधानमन्त्रीसँग आगामी फागुन २१ गते हुने निर्वाचन सहज र निर्बाध बनाउन आवश्यक पूर्वाधार तथा व्यवस्थापन बलियो बनाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधिमण्डलले भेटका क्रममा प्रधानमन्त्रीसमक्ष विभिन्न माग र सुझावसहितको ज्ञापनपत्रसमेत बुझाएको थियो।