काठमाडौं । शुक्रबार बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबारका लागि सारिएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मङ्सिर १२ गते, शुक्रबार दिउँसो २:०० बजे बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा तय गरिएको बैठक मङ्सिर १४ गते आइतबार दिउँसो २:०० बजे बस्ने गरी सारिएको हो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको कांग्रेसले जनाएको छ।