काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशन सचिवालयको पहिलो बैठक सुरुभएको छ। बैठक बिहान ८ बजेदेखि पार्टी कार्यालय, च्यासलमा सुरु भएको हो ।
महाधिवेशन तयारीका लागि तयार गरिएको संरचना अन्तर्गत पार्टी सचिवालयको हालै सम्पन्न बैठकले महासचिव शंकर पोखरेलको संयोजकत्वमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव योगेश भट्टराई रहेको महाधिवेशन सचिवालय व्यवस्थापन कमिटी गठन गरेको थियो।
प्रारम्भिक बैठकमा महाधिवेशनसँग सम्बन्धित १३ उपसमितिका संयोजकहरूलाई समेत सहभागी गराइएको छ। बैठकमा महाधिवेशनका प्राविधिक तथा व्यवस्थापकीय तयारीबारे समन्वय गर्दै सबै समितिहरूलाई आवश्यक जिम्मेवारी स्पष्ट रूपमा तोक्ने तयारी रहेको छ ।
समितिहरूलाई केही दिनको समय दिइनेछ, जसअन्तर्गत आफ्नो कार्ययोजना तयार गरी सचिवालयमा बुझाउनुपर्नेछ।