काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन ५० दशमलव ४४ अंकले बढेको नेप्से आज मंगलबार पाँच दशमलव ३२ अंकले बढेर २६ सय ५५ दशमलव ९९ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३९ अंकले बढेर चार सय ५७ दशमलव ५३ अंकमा चढेको छ । तीन सय १९ वटा कम्पनीहरुको एक लाख दुई हजार छ सय ४२ पटकको कारोबारमा एक करोड १९ लाख ७६ हजार सात सय ८० कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब ८२ करोड ३० लाख २८ हजार छ सय ६३ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा चार वटा समुहहरुको सुचक घटेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले बढेका छन् । नेप्सेमा आज बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ६५ अंकले बढेर १३ सय ६६ दशमलव ७६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि छ दशमलव ५७ अंकले बढेर तीन हजार चार सय २५ दशमलव ४६ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ७२ दशमलव १७ अंकले बढेर ११ हजार एक सय २९ दशमलव ७१ अंकमा पुगेको छ भने फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने १३ दशमलव ६२ अंकले घटेर पाँच हजार चार सय ६९ दशमलव ४३ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ४१ दशमलव ३३ अंकले घटेर १३ हजार छ सय ५८ दशमलव ५९ अंकमा पुगेको छ । सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेका छन्।
नेप्सेमा आज झापा इर्नर्जी लिमिटेडले सबैभन्दा बढी कमाउँदा जोशी हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।