काठमाडौँ । हालै एआइजीमा पदोन्नति भएका कोशी प्रदेश प्रहरी कार्यालयका डिआइजी ईश्वर कार्कीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुख बनाइएको छ।
उनलाई यसअघि महानिरीक्षक दानबहादुर कार्कीले सम्हाल्दै आएको जिम्मेवारी मन्त्रिपरिषद्को साेमबारको बैठकले तोकेको हो।
गृह मन्त्रालयले सोमबार गरेको सरुवाअनुसार डिआइजीहरूमध्ये कार्की कार्यरत रहेको कोशी प्रदेश प्रहरी कार्यालयमा अब हेडक्वार्टरका व्यवस्थापन प्रमुख विनोद घिमिरेलाई पठाइएको छ।
यसैबीच, क्याबिनेट बैठकले सशस्त्र प्रहरी बल नेपालमा एक जना डिआइजीको दरबन्दी थप्ने निर्णय पनि गरेको छ।